Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै


    बिहिबार, असोज ११ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहेका उनी आज कैलाश पर्वत र मानसरोवर जाने भएका हुन् ।

    प्रधानमन्त्रीले कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनको साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् ।

    बुधवार ल्हासा आइपुगेका प्रधानमन्त्री यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार