Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोखराको मणिपालमा ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित


    बुधबार, असोज १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको घटनाले अहिले उग्ररुप लिइरहेको छ।

    यसै क्रममा उक्त मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै भीडलाई उक्साएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठलाई निमलम्बन गरिएको छ ।

    श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महारीक्षक बुद्धिराज गुरुङले बताए।

    उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ ।

    मणिपालमा शान्ति सुरक्षाकै लागि खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जनाएका छन् ।

    सोमबार मणिपाल अस्पतालमा लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा निधन भएको थियो । त्यसपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएको थियो । चिकित्सकमाथि हातपात भएको बन्दै चिकित्सकहरु आन्दोलित छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार