Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राहत शिक्षकको आन्दोलनमा प्रहरीले गर्यो लाठी चार्ज


    बुधबार, असोज १० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले लाठी चार्ज गरेको छ । सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।

    निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो ।

    शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।

    उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । बुधबार शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर सडकको मुख्य लेनबाटै प्रदर्शन गरेका कारण सो सडक भएर चल्ने गाडीहरु बन्द भएका थिए । जसले गर्दा नयाँ बानेश्वर र माइतीघर, थापाथली क्षेत्रमा जाम बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार