Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शिक्षकहरूको आन्दोलनले काठमाडौंमा आज पनि सवारी अस्तव्यस्त


    बुधबार, असोज १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको माइतीघर तथा आसपासका सडकमा शिक्षकहरूको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएको छ ।

    बबरमहल–नयाँ बानेश्वर सडकखण्डको मुख्य सडक अवरुद्ध गरेर शिक्षक आन्दोलनमा उत्रिएपछि सवारी आवामगमन अवरुद्ध भएको हो । उनीहरूले बीचको मूल सडक र बायाँतर्फको बाटो कब्जा गरेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

    कमलादी, पुतलीसडकमा सवारी साधन क्युमा चलिरहेका काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । यसबाहेक अन्य मुख्य–मुख्य चोकहरूमा भने सवारी साधन ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ ।

    उक्त आन्दोलनका कारण लोत्सेचोक, बबरमहल माइतीघर, थापाथली, त्रिपुरेश्वर, जडिबुटी, ग्वार्को, कोटेश्वर, महाराजगञ्ज, नयाँबानेश्वर, गौशाला, चाबहिल, बालकुमारी, कालीमाटी, सोह्रखुट्टे र लैनचौरलगायत चोकहरूमा भने सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार