काठमाडौं । एक साता चीनको औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज ल्हासा पुगेका छन् ।
सिचुआन एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन् । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ टोलीले सांस्कृतिक झाँकीसहित स्वागत गरेको थियो ।
आज साँझ प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आजै साँझ वाङले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।
तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर एवं कैलाश पर्वत र ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालय भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, खानेपानी तथा सरसफाइ मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वाला लगायत छन् ।
उक्त भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट ३० सेप्टेम्बरमा पुन: स्वदेश फर्किने कार्यक्रम छ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend