काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ । मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।
सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ । प्रहरीका अनुसार सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहानी र २० वर्षीय कामेश्वर सहानी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए ।
लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि एउटै बाइक पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरेका थिए । त्यसपछि अरू मोटरसाइकलमा भारततर्फ भागेका थिए ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend