काठमाडौँ । ६० किलो ७ सय ग्राम सुन तस्करी प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको उक्त सुन प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले बताए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएको हो । सुन प्रकरणमा बुधवारबाट थुनछेक बहस सुरु हुने सूचना अधिकारी दाहालले जानकारी दिए ।
चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन् ।
तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् ।
३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको छ ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend