Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ईः को आन्दोलनमा समर्थन जनाउन पुगे कमल थापा र सुरेन्द्र पाण्डे


    मंगलबार, असोज ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन् ।

    फुटपाथ व्यवसायी माथि महानगरपालिको क्रुरतापूर्ण व्यवहार गरेको भन्दै अभियन्ता ईःले उभिएर महानगरको विरोध गरिरहेकाबेला थापा र पाण्डे ईःसँगै केहीबेर उभिएका हुन् ।

    थापाले बोकेको प्लेकार्डमा लेखिएको छ, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ । ईः ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।’

    यस्तै पूर्वअर्थमन्त्री पाण्डेले बोकेको प्लेकार्डमा लेखिएको ‘सडक–साइकल–गाडा–परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर । विकल्प देऊ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार