Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय मोटरसाइकलको ठक्करबाट सर्लाहीमा महिलाको मृत्यु


    मंगलबार, असोज ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

    विष्णु गाउँपालिका-६ मा बीआर एडी ९८७२ नम्बरको भारतीय मोटरसाइकले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया सुनितादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    गाउँकै कच्ची सडकमा पैदल हिँडिरहेको अवस्थामा सोमबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

    उनलाई उपचारको लागि मलंगवास्थित प्रादेशिक अस्पाल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

    उक्त दुर्घटनापछि मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय आकाश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

    मण्डलसँग सवारी चालक अनुमति पत्र भए नभएको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार