Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारका निर्णयले राष्ट्रपति संस्था आलोचित भयो : महामन्त्री शर्मा


    सोमबार, असोज ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको पछिल्लो एक निर्णयले राष्ट्रपति संस्थालाई आलोचित बनाएको बताएका छन् । सोमबार केन्द्रीय समिति बैठकमा शर्माले सरकारले सिफारिस गरेको आममाफी सूचीका कुरा उठाउँदै राष्ट्रपति संस्थाकै आलोचना भएको बताएका हुन् ।

    उनले भने,‘सरकारको कार्यवाहक प्रधानमन्त्री यहाँ हुनुहुन्छ। कानुन मन्त्री हुनुहुन्छ। अरू मन्त्रीजीहरू पनि हुनुहुन्छ। म के ध्यानाकर्षण गराउन चाहन्छु भने पुराना व्यवस्थाको प्रतिनिधि जाँदै गर्दा निकै हल्लाखल्ला माहौल बनाउन खोजेको प्रयत्न एकातिर र अर्कोतर्फ राष्ट्रपति संस्थालाई आलोचना गर्ने खालका हाम्रा गतिविधि देखिए।’

    राष्ट्रपति संस्थालाई आलोचनामा आउने कर्म सरकारको पछिल्लो एउटा निर्णयले उनको भनाइ छ । सरकारको कामले गर्दा राष्ट्रपति संस्थालाई आलोचित गरेमा मानिसमा रहेको वितृष्णा बढाएर जाने महामन्त्री शर्माले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार