Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पाल्पामा डेंगी संक्रमणबाट १ जनाको मृत्यु


    सोमबार, असोज ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पाल्पा। पाल्पामा डेंगी संक्रमणबाट आज सोमबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुने पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

    ती व्यक्तिको तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा डेंगी संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनलाई असोज ५ गते मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनलाई डेंगीका साथै स्क्रबटाइफससमेत पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।

    पाल्पाको मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजमा डेंगीबाट २ सय ६८ जनामा संक्रमित भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

    स्वास्थ्य कार्यालयको तथ्यांक इबार्स (अर्ली वार्निङ रिपोर्टिङ सिस्टम) का साथै स्थानीय तह, निजी मेडिकल र क्लिनिकबाट लिइएको तथ्यांक भएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगी संक्रमणबाट यसअघि तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिला साथै स्याङ्जा गल्याङकी एक बालिकाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार