Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अभियन्ता ईःको दाबी– मेयर बालेन यहाँ आउनुभएको छैन


    सोमबार, असोज ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अभियन्ता ईःले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आफूहरूलाई वार्ताका लागि बोलाउन नआएको दाबी गरेका छन् । सडक व्यापारीको बाँच्न पाउने अधिकारका लागि आन्दोलन गरिरहेका अभियन्ता ईःले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै मेयर बालेनले लगाएको आरोपको खण्डन गरेका छन् ।

    ईःले लेखेका छन्, ‘मेयर यहाँ आउनुभएको होइन । सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन् । करिब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए । हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए, ‘त्यसोभए मेयरले भेट्दैन’ ।’

    मेयर शाहले आन्दोलनकारीलाई आफैँले भेटेर वार्ताका लागि बोलाउँदा पनि नआएको भन्दै एउटा फेसबुक पोस्ट लेखेका थिए । ‘विगत केही दिनदेखि केही अभियनताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौँ यहाँहरूको कुरा र समस्या सुनौँ भन्दा अभियनताहरू संवादमा बोलाउँदा आउन खोज्नुभएन,’ मेयर शाहले लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौँ । सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौँ । के वार्ता हामीले उहाँहरूको नेतासँग गर्नपर्ने ?’

    ईः लगायत अभियन्ताहरू विगत ७ दिनदेखि राष्ट्रियसभा गृहअगाडि उभिएर आन्दोलन गरिरहेका छन् ।

    काठमाडौँ महानगरले फुटपाथ व्यापारीलाई व्यापारका लागि निश्चित ठाउँ र समय दिएर व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार