धनगढी। प्रहरीले एक वर्षकी छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी २७ वर्षीया शर्मिला चौधरीलाई पक्राउ गरेको छ। प्रहरीले बेलडाँडी गाउँपालिका ३ बैवाहाबाट उनलाई पक्राउ गरेकाे हाे।
कञ्चनपुरकाे पुनर्वास नगरपालिका २ अमरैया माइतीघरमै बस्दै आएकी २७ वर्षीया शर्मिला चौधरीलाई प्रहरीले शनिबार बेलडाँडी गाउँपालिका ३ बैवाहाबाट पक्राउ गरेको हो।
शुक्रबार बिहानै दुधे शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर शर्मिला परपुरुषसँग भाग्न लागेकी थिइन्।
उखुबारीमा हात बाँधेर छाेडेकी शिशु रुन थालेपछि स्थानीय महिला सन्तोषी चौधरीले बच्चा कराएको सुनेपछि प्रहरीलाई खबर गरेका थिइन्। शुक्रबारै प्रहरीले बालकका मामाघरका आफन्तलाई शिशु जिम्मा लगाएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शर्मिलाले तेस्रो विवाह गर्नका लागि शिशुलाई छोडेको खुलेको छ। शर्मिलाको शिशु र ६ वर्षको अर्को सन्तान रहेको प्रहरीले जनाएको छ।
बालकलाई प्रहरीबाट मामाघरकी हजुरआमाले बुझेर लगेको बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरले बताए।
शर्मिलाले यसअघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी विवाह गरेकी थिइन्। केही समय विवाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसँग भागी विवाह गरेकी थिइन्।
शर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर चौधरीसँग विवाद भएपछि शर्मिला बेलडाँडी ३ वैवाहका प्रेम डगौरासँग भाग्न लागेकी थिइन्।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend