Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा खुकुरी प्रहार गरी महिलाको हत्या


    शनिबार, असोज ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । तुलसीपुर–११ बेलटाकुराको भगवती टोलका करिब ३९ वर्षीय टेकबहादुर हमालले सोही ठाउँकी अन्दाजी ४३ वर्षीया रिता लामिछानेलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

    प्रहरीका अनुसार आज दिउँसो उनले सोही ठाउँका अन्दाजी ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीय कमला कुमारी हमालमाथि पनि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट उनीहरु घाइते भएका छन् ।

    दुवै जनाको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने टेक बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार