Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • माग पूरा नभएको भन्दै आज पनि राहत शिक्षकहरु सडकमा उत्रिए


    शनिबार, असोज ६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि राहत शिक्षकहरुले भने आन्दोलनलाई निरन्तरता दिएका छन् ।

    नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरु आज शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म आन्दोलनमा उत्रिएका छन् । उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

    राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उल्लेख गरे ।

    राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले शुक्रबार भएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार