Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्सामा बढ्दो अपराधः खोलामा भेटिएको युवतीको सब २६ दिनसम्म पहिचान हुन सकेन


    शुक्रबार, असोज ५ २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बीरगंज । जनताको जीउधनको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरीको कमीजमजोरी र फितलो सुरक्षाका कारण हत्या, अपराध जस्ता घटना पर्सामा दिनदिनै बढ्दै गएका छन् ।
    पछिल्लो समय हत्या र अपराधका घटना बढेपछि पर्सावासीहरुमा चिन्ताको छाएको छ । अशान्ति महसुस गरिरहेका छन् । पर्साको जिराभवानी गाउँपालिकामा टाउको काटिएको अवस्थामा युवतीको शव फेला परेको थियो ।

    गएको भदौ ११ गते सोमवार साँझ ६ बजेको समयमा पर्साको जगरनाथपुर र जिराभवानी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने इमृति खोलामा बगिरहेको अन्दाजी २१ बर्षीया युवतीको शव फेला परेको थियो । युवतीले जिन्स र भेष्ट लगाएको तथा शवको अवस्था हेर्दा एक दुई दिन पहिला नै हत्या भएको हुनसक्ने स्थानीयले बताएका थिए ।

    खोलाछेउमा रहेको रुखमा शव आएर फसेको अवस्थामा माछा मार्ने समूहले देखेपछि गाउँमा आएर स्थानीय बासिन्दालाई खबर गरेका थिए । घटनाको बिषयमा जानकारी प्राप्त भएपछि पुगेको प्रहरी टोलीले शव बाहिर निकालेको थियो ।

    भदौ ११ गते सोमबार राती नै शव पोस्टमार्टमका लागि बीरगन्जको नारायणी अस्पातलमा पठाइएको प्रहरीले जनाएको थियो । राति नै घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर सहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनाको अनुसान्धान शुरु गरेको २६ दिन बित्दा पनि केही पत्ता लागाउन सकेको छैन । मृतक युवतीका परिवारजनले पनि कहीँ कतै खोजतलासको निवेदन दिएका छैनन् ।

    अपराधी पत्ता लगाउनु त परै जाओस् २६ दिन बित्दा पनि कसको शवको पहिचान समेत हुनसकेको छैन । शबको पहिचान हुन नसक्नुले पर्सा प्रहरीको लागि टाउको दुखाई मात्र हैन, चुनौती र लाजमर्दो बिषय बनेको छ । प्रहरीमाथि गम्भीर प्रश्न पनि उठिरहेको छ ।

    यस बिषयमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कुमारविक्रम थापासँग बुझ्दा अहिलेसम्म शवको पहिचान हुन नसकेको जानकारी दिए । मृतक युवतीका परिवारजनले पनि कहीँ कतै खोजतलासको निवेदन नदिंदा प्रहरीलाई शब पहिचान गर्न सम्भव हुन सकेको छैन । धर्मेन्द्रप्रसाद यादव

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार