Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • शिक्षा विधेयकमा ७० भन्दा बढी संशोधन हाल्नुपर्ने देखेँ: गगन थापा


    शुक्रबार, असोज ५ २०८०
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था रहेको दाबी गरेका छन् ।

    ‘यो विधेयकमा संशोधन हाल्न सुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले सरसर्ती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटी रहेछन् ? यसका यावत त्रुटीहरू छन् । अहिले बनाउने कानुनले आजको समस्या मात्र होइन, कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्छ,’ थापाले भने ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै विधेयकमा धेरै त्रुटी रहेको र संसदबाट सच्याएर मात्रै पारित हुने बताए ।

    महामन्त्री थापाले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम् कुरा कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताउदै सरकारले चाँडो भन्दा चाँडो माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार