Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • हेटौंडामा सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने थप एक पुरुष पक्राउ


    शुक्रबार, असोज ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर। जिल्लाकाे हेटौंडा उपमहानगरपालिका-१ स्थित भिन्तुनापथमा सञ्चो अस्पतालमा कार्यरत डाक्टरलाई कुटपिट गरिएको घटनामा संलग्न रहेका मध्ये थप एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले हेटौंडा–१२, सिग्रेनीका ३६ वर्षीय जीवन लामालाई हेटौंडा–१५, रातोमाटेबाट हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।

    यसअघि हेटौंडा–१२, सिग्रेनीका कै सुनिल पाख्रिन, रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको थियो । जिल्ला अदालतले पक्राउ परेकाबाहेक घटनामा संलग्न थप ५ जनाको नाममा आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएका मध्ये २ जना पक्राउ परे भने अन्य ३ जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    गत साता बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार