काठमाडौँ। पोखरामा भएको यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले अन्तिम प्रतिवेदनको मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको छ । आयोगका अध्यक्ष नागेन्द्रप्रसाद घिमिरेले हिजो बिहीबार पर्यटनमन्त्री सुदन किराँतीलाई अन्तिम मस्यौदा बुझाएका हुन् ।
गत १ माघमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यतीको ९एन–एएनसी कलसाइन नम्बरको जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो ।
उक्त दुर्घटना छानबिन गर्न ४५ दिनको समय दिएर गठित आयोगले सात महिना लगाएर अध्ययन प्रतिवेदनको अन्तिम मस्यौदा बुझाएको हो । आयोगले दुर्घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन सम्बन्धित निकायहरूले कार्यान्वयन गर्नुपर्ने सुझावहरूसहितको अन्तिम प्रतिवेदनको मस्यौदा बुझाएको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डबमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक तथा निकायलाई उक्त मस्यौदा प्रतिवेदन राय सुझावका लागि पठाइने र प्रतिक्रिया प्राप्त भएपश्चात् सम्बन्धित निकाय तथा सर्वसाधारणको जानकारीका लागि प्रतिवेदन सार्वजनिक गरिने पर्यटन मन्त्रालयले जनाएको छ ।
प्रतिवेदनको अन्तिम मस्यौदा आइकाओसहित क्यानडा, सिंगापुर, अमेरिका, फ्रान्समा राय–सुझावका लागि पठाइन्छ । यसअघि बुझाइएको प्रारम्भिक रिपोर्टसँग करिब मिल्ने गरी अन्तिम रिपोर्ट आएको अनुसन्धानमा संलग्न आयोगका एक सदस्यले बताए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend