Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन


    शुक्रबार, असोज ५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको हो ।

    उनी काठमाडौंको वीर अस्पतालमा उपचाररत थिए ।रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । त्यतिबेला मायालु जनवादी मोर्चाको उपाध्यक्ष थिए ।

    पछि उनी नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए । २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार