काठमाडौँ। नेपालको लोकप्रिय फेसबुक पेज रूटिन अफ नेपाल बन्द फेरि सञ्चालनमा आएको छ । ४० लाख फलोअर्स भएको यस लोकप्रिय फेसबुक पेज बन्द भएको २ हप्तामा पुन: सञ्चालनमा आएको हो ।
फेसबुकमा एक पोष्ट गर्दै रूटिन अफ नेपाल बन्दले आफुहरूको उद्देश्य कसैलाई बहकाउने नभएको र अबदेखि थप सचेत हुने बताएको छ ।
अबका दिनमा गैरनाफामुलक अथवा पब्लिक कम्पनीमा जाने सम्भावना खोजी गर्ने, ब्रेकिङ भन्दा पनि सत्य र प्रमाणीत सामग्री पोष्ट गर्ने, हेल्प पोस्टहरुलाई पहिलो प्राथमिकता दिने र आमनागरिकहरुको चासोलाई सम्बोधन हुने गरेर फिडब्याक फोरम बनाउने रूटिन अफ नेपाल बन्दले जनाएको छ ।
यसका साथै हप्तामा कम्तिमा एउटा नेपालमा बनेको वा कुनै विशेष स्टार्ट अपको बारेमा निशुल्क प्रमोसन वा शुल्क लिएमा त्यसलाई सामाजिक काममा प्रयोग गर्ने र दिनमा एउटा सामाजिक सचेतनाका विषयलाई पोस्ट गर्ने समेत प्रतिबद्धता जनाएको छ ।
गत भदौ १८ गते रूटिन हफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले पेजलाई अनपब्लिस गरेका थिए ।
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। बुधबार बसेको...
काठमाडौँ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको...
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend