Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यालय सञ्चालन गराउन कांग्रेस महामन्त्री शर्माको आग्रह


    बुधबार, असोज ३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय सञ्चालन गराउन पनि सरकार र शिक्षकहरुलाई आग्रह गरेका छन् । महामन्त्री शर्माले आज सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।

    उनले शिक्षकहरुले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने बताएका छन् ।

    ‘संवाद मार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सञ्चालन गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपील’ उनले सामाजिक सञ्जालमा लखेका छन् ।

    प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने/गराउने कर्तव्य राज्यको भएको उल्लेख गर्दै उनले विद्यार्थीप्रतिको शिक्षकको दायित्व नभुल्न समेत आग्रह गरेका छन् । संघीय शिक्षा ऐन मार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोजिनुपर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार