Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • गोरखामा यात्रुबाहक बस एकआपसमा ठोकिँदा केही यात्रु घाइते


    बुधबार, असोज ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज गोरखामा गोरखा दरौदी यातायातको यात्रुबाहक बस एक आपसमा ठोक्किएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका– ५ को बगुवामा आज बिहान १० बजे ना ५ ख ५०२८ र ना ५ ख २६२७ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्किएको हो ।

    गोरखा सदरमुकामबाट आरुघाटतर्फ जाँदै गरेको बस र आरुघाटबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको यात्रुबाहक बस एक आपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

    बसमा सबार केही यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार