काठमाडौं। संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् ।
आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए ।
सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend