Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यतिले सुरु गर्यो पोखराका लागि रात्रि उडान 


    सोमबार, असोज १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । यती एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट रात्रिकालिन उडान (आई एफ आर उडान) सुरु गरेको छ ।

    सो एयरलाइन्सले आजदेखि काठमाडौँ–पोखरा रात्रिकालीन उडान सुरु गरेको हो ।

    पोखरा अन्तरास्ट्रिय विमानस्थलमा यस अघिनै रात्रि उडानको सुविधा भएपनि यतीले आजबाट लागू हुनेगरि रात्रि उडान शुरु गर्न लागेको हो ।

    रात्रि उडानका लागि यतीले काठमाडौंबाट साँझ ५: ३० बजे उडान नं एनवाईटि ६८३ र पोखरा बाट साँझ ६ः २० बजे उडान नं एनवाईटी ६८४ मार्फत तालिका मिलाएको यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

    ‘हाललाई साँझको लागि एउटा मात्र उडान रहे पनि यात्रुको मागअनुसार हालको समय भन्दा पछाडि उडान संख्या थप हुँदै जानेछ ।’ आईएफआर उडान शुरु नहुँदा कहिलेकाँही ढिला हुँदा साँझका उडान रद्ध हुने गरेकोमा अब त्यो समस्या समेत हट्ने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार