Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • ३४ पृष्ठको राहदानीका लागि आजबाट आवेदन खुल्ला


    सोमबार, असोज १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ।सर्वसाधारणले आज (असोज १) देखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सक्ने भएका छन्।

    आइतबार राहदानी विभागले एक सूचना जारी गर्दै ३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन दिन सकिने बताएको हो।

    यसअघि विभागमा ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन दिन सकिन्थ्यो।

    गत असारमा ३४ पृष्ठको राहदानी सक्किएपछि विभागले ६६ पृष्ठको राहदानीको शुल्क पनि ५ हजार रुपैयाँ नै बनाएर त्यही राहदानी दिइरहेको थियो।

    अहिले ६६ पृष्ठको राहदानी सकिएको छ। अब केही समय ३४ पृष्ठको राहदानीमात्र विभागले उपलब्ध गराउने छ।

    आइतबारसम्म आवेदन दिएकाहरूले पनि ६६ पृष्ठको राहदानी पनि पाउने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार