Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिबन्धित लागूऔषधसहित ३ जना पक्राउ


    सोमबार, असोज १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • उदयपुर । प्रहरीले उदयपुरको पश्चिमी क्षेत्रको कटारीबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

    गत शुक्रबार उनीहरूलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कटारीले बतायो ।

    गस्तीमा रहेको प्रहरी टोलीले कटारी नगरपालिका–८ घुर्मी घर भई कटारी–४ कान्छी बजारमा डेरा गरी बस्ने २२ वर्षीय विशाल तामाङ, सोमकृष्ण राई र कटारी नगरपालिका–३ बस्ने २० वर्षीय करण तामाङलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार विशाल तामाङको कोठामा प्रतिबन्धित लागूऔषध कारोबार तथा बिक्री–वितरण भईरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको गस्ती टोलीले चेकजाँच गर्नेक्रममा लागूऔषध फेला परेपछि तीन जनालाई पक्राउ गरेको हो ।

    चेक जाँचका क्रममा प्रहरीले विशालको कोठाबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल ७० चक्की, स्पसपेन १३० चक्की, गाँजाको चोप र केमिकल मिसावट पोल्याण्ड १२६ ग्राम फेला पारेको थियो ।

    उक्त घटनामा संलग्न तीनै जनालाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसबारे उदयपुर जिल्ला अदालतबाट १२ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको सूचना अधिकारी चौधरीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार