काठमाडाैं | त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी ७ सय ग्राम सुन तस्करी गर्नेविरुद्ध मुद्दा लिएर सरकारी वकिल आज काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेपाउने उक्त मुद्दा लिएर सरकारी वकिलहरू अदालत पुगेको जानकारी दिए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दिएको प्रतिवेदनमा सामान्य थपघट गरेर मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दियो ।
विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको ‘ब्रेक सू’मा ल्याइएको सुन समातिएको थियो ।
राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो ।
उक्त प्रकरणमा पक्राउ परेका ३२ र फरार १८ जना गरी ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय सीआईबीको थियो ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend