Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खराब मौसमका कारण ब्राजिलमा विमान दुर्घटना, १४ जनाको मृत्यु


    आइतबार, भाद्र ३१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। खराब मौसमका कारण ब्राजिलको अमेजोनस राज्यमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

    अमेजोनस राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा शनिबार विमान दुर्घटना भएको हो ।

    भारी वर्षाका कारण अवतरण गर्न खोज्दा विमान दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।

    उक्त दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ। विमानमा दुई चालक दलका सदस्य र १२ यात्रु थिए। यात्रुमा केही पर्यटक रहेको बीबीसीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार