Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङमा छाेराले गरे बाबुको हत्या


    शुक्रबार, भाद्र २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। दाङमा मादक पदार्थ खाएका छोराले आफ्नै बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुर निवासी २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको हुन् ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार छोराको कुटपिटबाट गम्भीर घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको हो ।

    बाबुको हत्या गर्ने ती छोरो केसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार