Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं र ललितपुरका यी ठाउँमा ३ दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने


    शुक्रबार, भाद्र २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थामा आजदेखि ३ दिनसम्म विद्युत आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचनामार्फत बिजुली जान सक्ने क्षेत्रहरूको जानकारी गराएको हो ।

    टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

    त्यस्तै ६६ केभी स्युचाटार(पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार(के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ। ६६ केभी स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार