Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • विद्युत प्राधिकरणका कर्मचारीको सेवा सुविधा बढ्यो


    शुक्रबार, भाद्र १ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा बढाएका छन् । उनले शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गरेका हुन् ।

    प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता ७ हजार ५०० बाट १५ हजार बनाइएको छ ।

    त्यस्तै विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँ पुर्याइएको छ भने शैक्षिक अनुदान १० हजारबाट ३० हजार पुर्याइएको छ । यस्तै कर्मचारीलाई दिइँदै आएको दैविक प्रकोप अनुदान रु २० बाट ४० हजार पुर्याइएको छ ।

    कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने घिसिङले बताएको छन् । प्राधिकरणका कर्मचारीका छोराछोरीका लाथि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने उनको भनाइ छ ।

    त्यस्तै उनले कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थपिएको छ भने प्रत्येक अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार