काठमाडौं। नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रटाचार मुद्दा परेको छ । यादवले जागिरे अवधिमा कमाएको आम्दानी भन्दा दोब्बर सम्पत्ति जोडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले आज अदालतमा मुद्दा दायर गरेको हो ।
२०४८ पुस ९ गते जागिर खाएका यादव २०७९ जेठ ९ मा अवकास पाएका थिए । उनले यो अवधिमा एक करोड ७१ लाख ४६ हजार ४४ रुपैँया ४९ पैसा आय आर्जन गरेको देखिन्छ । तर, उनले घर, निर्माण, जग्गा खरिद र रजिष्ट्रेसन दस्तुर, अध्ययन खर्च तथा छोराछोरीलाई विदेश पठाउँदाको खर्च, शेयर खरिद तथा लगानी र बैंक मौज्जादसमेत गसिर तीन करोड १३ लाख ९८ हजार ५ सय ९४ रुपैँया ९० पैसा खर्च तथा लगानी गरेको देखिन्छ ।
अख्तियारका अनुसार यादवको सिर्जित सम्पत्ति एवं खर्च तथा लगानी गरेको कूल खर्च र सोही अवधिको आय व्ययविवरण अनुसार स्रोत खुल्न आएको वैध सम्पत्तिको अनुपातमा एक करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैँया ४१ पैसाको स्रोत खुल्दैन । अख्तियारले एक करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैँया ४१ पैसाको बिगो जरिवाना र कैद सँजायको मागदावी गरेको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend