Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु


    बिहिबार, भाद्र २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको छ। लिबियाका एक जना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् ।

    आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् ।

    डेनियल नामको आँधीका कारण आइतबार राति डेर्नामा सुनामी जस्तो बाढी आएको थियो । उक्त बाढीले करिब एक लाख जनसंख्या रहेको डेर्ना शहरको धेरै इलाकालाई बगाएर समुद्रमा पुर्‍याएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार