Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेल र इजरायली राजदूतबीच शिष्टाचार भेटवार्ता


    मंगलबार, भाद्र २६ २०८०
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसाग इजरायलका राजदूत हानन गोदर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । उनीहरुबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको हो ।

    भेटका अवसरमा राष्ट्रपति पौडेलले इजरायल सरकारले नेपाललाई विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी एवम् कृषि तथा सहकारी क्षेत्रमा सहयोग प्रदान गरेकोमा खुशी व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र आपसी सहयोग तथा सहकार्य निरन्तर अघि बढ्ने कुरामा विश्वस्त रहेको बताएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार