राजविराज। सप्तरीको सुरुङ्गा नगरपालिका-२ मा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
भेडियास्थित कदमाहा-गाईघाट सडक खण्डमा प्र-२-०१-००२ प २३४८ नम्बरको मोटरसाइकलको ठक्करले घाइते सुरुङगा नगरपालिका-२ की अघनिया देवी कोइरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
सप्तरीको भेडियादेखि कडरबोनातर्फ आइरहेको सुरुङ्गा नगरपालिका-३ बस्ने निश्चल चौधरीले चलाएको मोटरसाइकलको ठक्करले घाइते कोइरीको सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा प्राथमिक उपचार भएको थियो। टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेर घाइते भएकी महिलालाई थप उपचारको लागि बिराटनगर रेफर गरिएको थियो।
विराटनगरतर्फ जाने क्रममा बाटोमा रहेको सप्तरीको अहीर अस्पताल महुलीमा कोइरीको परीक्षण गर्दा चिकित्सकले मृत्यु घोषणा गरेका थिए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ।
मोटरसाइकल र चालक चौधरीलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend