TOPSHOT - Women cry near the rubble of collapsed houses in the village of Imi N'Tala near Amizmiz in central Morocco after the deadly 6.8-magnitude September 8 earthquake, on September 10, 2023. Using heavy equipment and even their bare hands, rescuers in Morocco on September 10 stepped up efforts to find survivors of a devastating earthquake that killed more than 2,100 people and flattened villages. (Photo by FADEL SENNA / AFP)
एजेन्सी। मध्य मोरक्कोमा गत शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले हिजो आइतबार गरेको छ ।
सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट कम्तीमा दुई हजार १२२ जनाको मृत्यु भएको छ भने दुई हजार ४२१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अल हाउज प्रान्तमा एक हजार ३५१, तारौदान्त प्रान्तमा ४९२, चिचाउआमा २०१ र माराकेशमा १७ जना रहेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मोरक्कोका सेना र आपत्कालीन सेवाहरू एटलस पर्वतीय क्षेत्रको सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेका छन् ।
यसअघि मराकेशका बासिन्दाले सिन्ह्वाका संवाददातालाई पराकम्पन अझै महसुस गर्न सकिने बताएका थिए ।
विश्व स्वास्थ्य सङ्गठनको अनुमानअनुसार यो विपत्तिले मोरक्कोको प्राचीन सहर मराकेश र यसको बाहिरी इलाकामा तीन लाख भन्दा बढी मानिसहरूलाई प्रभावित भएका छन् ।
हताहतहुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मोरक्कन रेड क्रिसेन्ट (एमआरसी) ले उक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ, “पहाडी भूगोलका कारण खोजी र उद्धार प्रयासका लागि ठुलो चुनौती खडा गरेको छ । एटलस पर्वतका ती दुर्गम क्षेत्रहरूमा ठुला मेशिनरी साधनहरू प्राप्त गर्नु उद्धारका लागि प्राथमिकता रहेको छ ।”
“भग्नावशेषबाट धेरै मानिसलाई बाहिर निकाल्ने क्रममा एमआरसी र अन्य उद्धार समूहहरूले सबैभन्दा गम्भीर क्षति भएका स्थानहरू पहिचान गर्न र प्राथमिकता दिन चौबिसै घण्टा काम गरिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend