Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो


    आइतबार, भाद्र २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । भूकम्पमा परी कम्तीमा १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते भएको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ ।

    भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् ।

    शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार