Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • बेपत्ता डाक्टर कोइरालाको शव १० दिनपछि भेटियो


    बुधबार, भाद्र २० २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिनपछि भेटिएको छ । उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।

    उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी बेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको जुत्ता र उनको मोबाइल सप्तकोशी नदी किनारमा भेट्टाएको थियो ।

    झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार