Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालसँगको म्याच छाडेर भारत फर्किएका बुमराह बने छोराका बाबु


    सोमबार, भाद्र १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेपालसँगको म्याच छाडेर स्वदेश फर्किएका भारतीय प्रभावशाली फास्ट बलर जसप्रित बुमराह पिता बनेका छन् ।

    पत्नी सञ्जना गणेशनले छोरालाई जन्म दिएको बुमराहले ट्विटरमार्फत जानकारी गराएका छन् ।

    ‘हाम्रो सानो परिवार ठूलो भएको छ । आज बिहान छोरा अंगद जसप्रित बुमराहलाई दुनियाँमा स्वागत गरेका छौं । जीवनको नयाँ अध्यायका लागि हामी निकै खुशी छौं,’ बुमराहले लेखेका छन् ।

    एसिया कपअन्तर्गत आज नेपाल र भारत भिड्दैछन् । बुमराह पारिवारिक कारण देखाउँदै हिजै भारत फर्किएका थिए ।

    उक्त प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानसँग नेपाल पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्द भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार