Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६० किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिक याओ पुचेङ्गको साथमा पनि भेटियो नेपाली नागरिकता


    शुक्रबार, भाद्र १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हाल चर्चित रहेको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका थप एकजना चिनियाँ नागरिकको साथमा नेपाली नागरिकता भेटिएको छ ।

    पक्राउ परेका ती चिनियाँ नागरिक याओ पुचेङ्गउर्फ ‘एलेक्स’ को साथमा पनि नेपाली नागरिकता भेटिएको अनुसन्धानमा संलग्न सीआईबीका एकजना अधिकृतले
    बताए ।

    एलेक्सको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि बरामद गरेको थियो । एलेक्सले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । त्यसबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    एलेक्ससँगै सुन तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएका ५ जनाको साथमा नेपाली नागरिकता भेटिएको छ । तिब्बतियन मुलका बेल्जियन नागरिक दावा छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको पुष्टि भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार