Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६० किलो सुन तस्करी: अनुसन्धान गर्न सीआईबीका अधिकृत भारत जाँदै


    बिहिबार, भाद्र १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोले एकजना अधिकृतलाई भारतमा पठाउने तयारी गरेको छ ।

    सत्यतथ्य सूचना संकलनका लागी एकजना अधिकृतलाई भारत पठाउने तयारी भइरहेको केन्द्र्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए । ब्यूरो स्रोतकाअनुसार बिहिबार नै अनुसन्धान अधिकृतलाई भारत पठाउने तयारी छ ।

    हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भारतमा पठाउन लागिएको हो । भारतमा गएर ती अधिकृतले नयाँ ‘इन्टरपोल भारत’ सँग समन्वय गरेर सूचना संकलन गर्नेछन् ।

    दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीलाई पनि सुन प्रकरणको अनुसन्धान टिममा सामेल गरिएको छ । चतुर्वेदीले भारतबाटै अनुसन्धानमा सघाइरहेको ब्यूरोका अधिकारीहरु बताउँछन् ।

    चतुर्वेदीसँग समन्वय गरेर ब्यूरोले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । बुधबार बस्नेतलाई काठमाडौँ ल्याइएको हो । सीआईबीले सूचना संकलनका लागि प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । साउन १२ मा राति उनी हङकङ प्रस्थान गरेका हुन् ।

    अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार