Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सांसद गिरीको आरोप- सरकारले सीआईबीलाई निकम्मा बनायो


    मंगलबार, भाद्र १२ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको गफ दिने तर व्यवहारमा भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको आरोप लगाएका छन् ।

    आज प्रतिनिधिसभाको विशेष समय बोल्दै उनले सुन तस्करी प्रकरणमा जोडिएका प्रधानमन्त्री निकटका व्यक्तिहरुलाई सामान्य सोधपुछसमेत नगरिएको आरोप लगाए ।

    ‘अहिले सीआईबीलाई निकम्मा बनाउने काम भयो’, उनले भने, ‘सत्ता पक्षका नेता देखिएपछि सीआईबीले अनुसन्धानसमेत गर्न सकिरहेको छैन ।’

    एमाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गिरीले भ्रष्टाचारका नाइके, राजनीतिक दलको उपल्लो तहका नेतालाई छानबिनको दायरामा नै नल्याई उन्मुक्ति दिने गरिएको आरोप लगाए । उनले अगाडि भने, ‘तर भरियालाई जेलमा हाल्ने काम हुँदैछ ।’

    उनले नेपाली कांग्रेसका सांसद सुनिल शर्माले न्याय र सुशासनको पक्षमा बोल्दा पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरिएको आरोप लगाए ।

    पटकपटक भएका तस्करीका कारण गणतन्त्रलगायत उपलब्धि गुम्ने अवस्थाको सिर्जना भएको सांसद गिरीले बताए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार