काठमाडौं । कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपासँग सत्ता साझेदारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
नयाँ सत्ता गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्न लागेका हुन् । सत्ता समीकरण फेरबदल भएपछि फागुन २१ गते स्थगित भएको प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ ।
यसअघि प्रतिनिधिसभामा तत्कालीन विपक्षी एमाले, रास्वपा लगायत दलहरुले मन्त्रीहरुको राजीनामा मागेका थिए । त्यसको जवाफ फागुन २१ गते दिनका लागि सभामुख देवराज घिमिरेले रुलिङ गरेका थिए । तर फागुन २१ गते प्रतिनिधिसभा बैठक स्थगित गरी २४ गतेका लागि बोलाइएको थियो ।
काठमाडौं । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र निर्मित जेनजी सहिदहरुको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ । अधिकांश जेनजी सहिदहरुको अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २४ गते नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा स्थापित भएको बताएका छन्। जेन–जी आन्दोलनको एक...
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend