काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । यस प्रकरणमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ ।
यस मामिलामा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमा रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी, शोभकान्त ढकाल, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह काठमाडौं-५ का तत्कालीन वडासचिव शिवजी भट्टराईलाई प्रतिवादी बनाइएको छ । उनीहरु पक्राउ परिसकेका छन् ।
भूमिसुधार तथा व्यवस्था विभागका रुद्रकुमार श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर बालकृष्ण श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका प्रमुख कलाधर देउवा पनि प्रतिवादी छन् ।
भूमि सुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव रवीन्द्रमान जोशी, दिनेशहरि अधिकारी, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिव युवराज भुसाल पनि प्रतिवादी छन् ।
यस्तै सीआईबीले पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, भौतिक योजना तथा निर्माण मन्त्रालयका मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह लगायतलाई पनि प्रतिवादी बनाएको छ ।
झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन...
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनले चयन गरेका सभापति गगन थापाले पार्टी नफुटेको दाबी गर्दै नेतृत्व मात्र परिवर्तन भएको बताएका छन् । पार्टी अद्यावधिक गर्न...
नेपाल फेस डटकममा ‘फेरि मौलाउँदै नेटवर्किङ कारोबार, अबर्जन कम्पनीबाट करोडौं ठगी’ शीर्षकमा प्रकाशित प्रसारित सामग्रीउपर मेरो ध्यानाकर्षण भएको छ । उक्त समाचार सामग्रीका सम्बन्धमा...
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल-५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु...
काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएमा छन् । एकीकृत समाजवादी र गौतम नेतृत्वको नेकपा एकता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend