Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मान्छेको जस्तै दाँत भएको माछा


    बिहिबार, भाद्र ७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी। समुन्द्रमा माछा मार्ने एक जनाले मान्छेको जस्तै दाँत भएको अनौठो प्रजातिको माछा फेला पारेका छन्। मिररका अनुसार मान्छेको जस्तै दाँत भएको त्यो माछा डरलाग्दो र विचित्रको देखिन्छ।

    उत्तरपश्चिम रसियाकाे मुरमान्स्क बस्ने रोमान फेडोर्सटभ नाम गरेका ती व्यक्तिले त्यो माछाको तस्वीर ६ लाख ४७ हजार फ्यान भएको आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेका छन्। त्यसमा उनका फ्यानहरुले त्यो माछालाई भुतसँग तुलना गर्दै प्रतिक्रिया दिएका छन्।

    राेमान समुन्द्रमा सयर गर्दै त्यहाँ पाइने जीवहरुको बारेमा अनुसन्धान गर्न रुचाउँछन्। समुन्द्रको गहिराइसम्म पुगेर उनले विभिन्न जीवका तस्वीर तथा भिडियाे खिच्छन् र आफ्नो इन्स्टाग्राममा शेयर गर्छन्। उनले आफ्नो जीवनको लामो समय अनौठा समुन्द्री जीव खोज्नमै बिताएका छन्। तर यो माछाले भने धेरैलाई आश्चर्यचकित पारेको छ।

    यसकाे अगाडिकाे भाग पनि डरलाग्दाे छ। कालो र खैरो धब्बासहित लामा पंख भएको यो जीवलाई यसका दाँतले झन् विशेष बनाएकाे छ। एकमाथि अर्को दाँत खप्टिएका छन्। अगाडिका दाँत ब्वाँसाेकाे जस्ताे र पछाडिका दाँत मान्छेकाे जस्ताे भएकाे याे जीव झट्ट हेर्दा हिंस्रक र आक्रामक देखिन्छ। राेमानले इन्स्टाग्राममा त्यो माछाको भेडियो शेयर गर्दै यसलाई ब्वाँसो इल भएको बताएका छन्।

    उनका अनुसार ब्वाँसो इल २० वर्षभन्दा बढी समयसम्म बाँच्छ भने झन्डै २.४ मिटर जति लामो हुन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार