एजेन्सी। समुन्द्रमा माछा मार्ने एक जनाले मान्छेको जस्तै दाँत भएको अनौठो प्रजातिको माछा फेला पारेका छन्। मिररका अनुसार मान्छेको जस्तै दाँत भएको त्यो माछा डरलाग्दो र विचित्रको देखिन्छ।
उत्तरपश्चिम रसियाकाे मुरमान्स्क बस्ने रोमान फेडोर्सटभ नाम गरेका ती व्यक्तिले त्यो माछाको तस्वीर ६ लाख ४७ हजार फ्यान भएको आफ्नो इन्स्टाग्राम पेजमा शेयर गरेका छन्। त्यसमा उनका फ्यानहरुले त्यो माछालाई भुतसँग तुलना गर्दै प्रतिक्रिया दिएका छन्।
राेमान समुन्द्रमा सयर गर्दै त्यहाँ पाइने जीवहरुको बारेमा अनुसन्धान गर्न रुचाउँछन्। समुन्द्रको गहिराइसम्म पुगेर उनले विभिन्न जीवका तस्वीर तथा भिडियाे खिच्छन् र आफ्नो इन्स्टाग्राममा शेयर गर्छन्। उनले आफ्नो जीवनको लामो समय अनौठा समुन्द्री जीव खोज्नमै बिताएका छन्। तर यो माछाले भने धेरैलाई आश्चर्यचकित पारेको छ।
यसकाे अगाडिकाे भाग पनि डरलाग्दाे छ। कालो र खैरो धब्बासहित लामा पंख भएको यो जीवलाई यसका दाँतले झन् विशेष बनाएकाे छ। एकमाथि अर्को दाँत खप्टिएका छन्। अगाडिका दाँत ब्वाँसाेकाे जस्ताे र पछाडिका दाँत मान्छेकाे जस्ताे भएकाे याे जीव झट्ट हेर्दा हिंस्रक र आक्रामक देखिन्छ। राेमानले इन्स्टाग्राममा त्यो माछाको भेडियो शेयर गर्दै यसलाई ब्वाँसो इल भएको बताएका छन्।
उनका अनुसार ब्वाँसो इल २० वर्षभन्दा बढी समयसम्म बाँच्छ भने झन्डै २.४ मिटर जति लामो हुन्छ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend