Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्कुल बसको ठक्करबाट बालकको मृत्यु


    मंगलबार, भाद्र ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मोरङमा स्कुल बसको ठक्करबाट बालकको ज्यान गएको छ । बसको ठक्करबाट खोटाङ घर भइ बूढीगंगा–१ मा बस्दै आएका प्रदीप परियारका १२ वर्षीय छोरा सन्देशको मृत्यु भएको हो ।

    विराटनगरको सेन्टमेरिज बोर्डिङ स्कुलको ग १ क ६०१८ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका बालकलाई बूढीगंगा गाउँपालिका–१ मिलन चोकस्थित भित्री सडकखण्डमा ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।

    चिकित्सकले आज दिउँसो बजेतिर उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । स्कुल बस र चालक विराटनगर महानगरपालिका–४ बस्ने ४० वर्षीय देवानन्द राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार