Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै


    मंगलबार, भाद्र ५ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बिहान ११ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।

    बैठकमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा, दोस्रो चरणको अभियानको छलफल हुने भएको छ । नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रमसहित भदौ १० देखि २४ सम्मको दोस्रो चरणको अभियान घोषणा गरिएको छ ।

    देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकमा विभाग विषयमा पनि छलफल हुने शीर्ष तहका एक नेताले जानकारी दिए ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार