Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सानोठिमीको बाल सुधारगृहबाट २९७ जना थुनुवा फरार


    सोमबार, भाद्र ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भक्तपुरको सानो ठिमीस्थित बालसुधार गृहबाट ठुलो संख्यामा थुनुवा भागेका छन् । प्रहरीका उच्च स्रोतका अनुसार उक्त स्थानबाट २९७ जना थुनुवा फरार भएका हुन् ।

    उक्त सुधार गृहमा ‘नाबालक बन्दी’ को शङ्कास्पद मृत्यु भएको थियो । रामेछाप जिल्ला मन्थली नगरपालिका घर भएका १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको हो । सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका थिए ।

    अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बाल सुधार गृहमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार