Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सङ्क्रमित सैनिकको मृत्यु


    शनिबार, असोज १० २०७७
    645
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार  गरिएकोमा त्यही निजको मृत्यु भएको जानकारी दिइएको छ । उनको पछिल्लो स्वाश परीक्षणमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।

    यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको  सङ्ख्या दुई पुगेको छ । सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या  दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन्  । सेनामा हाल कोरोना सक्रिय सङ्क्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार